Tuesday, May 4, 2010

एमालेको प्रवास कमिटि प्रनेम.संघ मलेसियाको साधारण सभा सम्पन्न

कमल पौडेल
यहि मे २ तारिख आइतबारका दिन नेकपा एमाले प्रवास कमिटि मलेसियाले साधारण सभा सम्पन्न गरेको छ । विगत १ वर्ष अगाडी मलेसिया व्यापी रुपमा गरियको कार्यक्रम प्रवासी मजदुरका लागि जनचेतना मुलक अभियान संचालन लगत्तै गठन भयको प्रवासी नेपाली मजदुर संघ मलेसियाले प्रवासमा मात्र नभयर स्वदेशमा रहेका मजदुर हरुको समस्या र हक अधिकार का लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ ।मलेसियाको राजधानी क्वालालम्पुर स्थित युनिक एक्स चेन्ज रेमिट माथि रहेको एन आर एन मलेसियाको हल मा सम्पन्न भयको हो अमर ओली "श्रमजीवी" को अध्यक्षता मा सम्पन्न भेलाका प्रमुख अतिथि जिफन्ट सपोर्ट ग्रुप मलेसिया का सल्लाहकार दुर्गा शाही र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ शाखा मलेसियाका सभापति विपिन राइले गर्नु भयको थियो । त्यसैगरी अन्य अतिथिहरुमा नेपाल मलाया खबर डट कम तथा नेपाली खबर साप्ताहिकका सम्पादक रुसाहाङ चेम्जोङ, हाम्रो आवाज साप्ताहिक सम्पादक विनो लामा श्रमिक कलाकार मंच मलेसियाका रमेश मल्ल हुनु हुन्थ्यो। ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण बाट अगाडी बढेको कार्यक्रम संचालन कमल कृष्ण पौडेल ले गर्नु भयको थियो। भने स्वागत मन्तव्य प्रकाश खनाल र शुभकामना मन्तव्य विनु लामाले दिनु भएको थियो। त्यसैगरी मन्तव्य दिने क्रममा विशिष्ट अतिथि पत्रकार महासंघ शाखा मलेसियाका अध्यक्ष विपिन राइ ले प्रवासी नेपाली मजदुर संघ मलेसियाले प्रवासी मजदुरका लागि गरेका कामहरु जायज छन् र आगामी दिनहरुमा मजदुरहरुका समस्या र हक अधिकारका लागि निरन्तर आवाज उठाइरहोस् भन्नु भएको थियो भने प्रमुख अतिथि जिफन्ट मलेसियाका सल्लाहकार दुर्गा शाही ले मलेसिया प्रवासमा रहेका सम्पूर्ण राजनीतिक तथा सामाजिक संघ संस्थाहरु मिलेर मजदुर हरुका समस्याहरु हल गर्न लागिपर्नु पर्ने तथा एमाले प्रवास कमिटि प्र.ने.म.संघ मलेसिया ले प्रवासी मजदुर हरुको हक अधिकारका लागि विगत एक वर्ष देखि गर्दै आएको कार्यक्रम हरु एकदमै उच्च र स्राहनिय छन् भन्नु भयो ।त्यसैगरी अध्यक्ष को आसन बाट बोल्दै अमर ओली श्रमजीवी ले विगत लामो समयको संघर्ष र प्रवासी मजदुरहरुले दिनु भयको साथ सहयोग समर्थन बाट प्र.ने.म.संघ आज हामीहरुको माझ जीवित रहेको उल्लेख गर्दै नेकपा एमाले पार्टी ले देशमा एक हद सम्म को शान्ति स्थापना र माओवादीहरुलाई जंगल बाट सत्ता मा ल्याउन एमालेले खेलेको भूमिका कै कारण लोकतान्त्रिक गणतन्त्र आएको र आज नेपालराष्ट्र हाम्रो सामू रहेको स्मरण गर्दै ठुला दलहरु बाट संविधान लेखनमा भन्दापनि सत्ता लिप्सा,कुर्सिमोह र माओवादीहरुका हिंसात्मक आन्दोलन जस्ता कार्यक्रमले नया संविधान लेखन संकटमा परेको ठहर गर्नु भयो भने पहिलो सत्रको कार्यक्रम को समापन र दोस्रो चरणको कार्यक्रम सुरुवात संगै संगठन को राजनीतिक तथा संगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो ।संगठन को आवश्यकता र महत्वको बारेमा जानकारी पश्चात नया कार्यसमिति चयन गरियको थियो नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारी हरुमा क्रमश: अध्यक्ष अमर ओली "श्रमजीवी", उपाध्यक्ष कमल कृष्ण पौडेल ,प्रकाश खनाल, सचिव बिर विक्रम सुनार, कोषाध्यक्ष तोमानन्द खत्री, सदस्यहरुमा अशोक थापा, अर्जुन घिमिरे, राजेन्द्र बहादुर चालिसे, जीवस यादव, लक्ष्मन पोखरेल, धन बहादुर साउद हुनु हुन्छ भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार सागर, सल्लाहकार टेक बहादुर खड्का, चित्र बहादुर जी.यम रहनु भयको छ।त्यसैगरी संगठनको नियमित बैठक सोहि दिन बसी आर्थिक सांगठनिक र राजनीतिक, विषयमा छलफल गरि विधान मस्यौदा समिति निर्माण गरेको छ र आगामी १ वर्ष भित्र मा अधिवेशन गर्ने निर्णय गरेको छ भने मलेसियाको प्रमुख शहरहरु जोहोर, पेनाङ, इपो लगायत विभिन्न स्थानहरुमा क्षेत्रीय तथा इकाई कमिटिहरु विस्तारगर्दै लैजाने निर्णय गरेको छ । कार्यक्रमको अन्तमा एमाले पार्टी कार्यालयमा फोन सम्पर्क गरि नयाँ कार्यसमिति बारे जानकारी गराइयको थियो टेलिफोन मार्फत नेपालबाट नेकपा एमाले पार्टीको तर्फबाट अमृत कुमार बोहरा ले कार्यक्रमको पूर्ण सफलताको कामना सहित नयाँ कमिटिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी हरुलाई शुभकामना व्यक्त गर्नु भयको थियो ।