विश्व


भारतमा कम्तिमा १० माओवादी मारिए

घाइतेलाई माओवादीले नै उठाएर लगे
उडिसा, वैशाख 
भारतको उडिसामा सुरक्षाकर्मी र सशस्त्र माओवादीको भिडन्तमा घटीमा पनि १० माओवादी मारिएका छन्। शनिबारदेखि सुरु भएको भिडन्त हिजो रातिसम्मै जारी थियो। घटनामा परी घाइते हुनेहरुको संख्या खुल्न सकेको छैन्। उडिसाका मुख्य मन्त्री नवीन पटनायकले माओवादीलाई चोटिलो प्रहार गर्न सकिएको दावी गरेका छन्। 'मैले पाएको जानकारी अनुसार माओवादीको ठूलो क्षति भएको छ,' पटनायकले भने, 'तर, अझै पनि विस्तृत जानकारी आइसकेको छैन्।'

नारायण पथ नजिकैको जंगलमा माओवादीको सिविर हुनसक्ने सूचनाका आधारमा आन्द्र प्रदेश र उडिसाका सुरक्षाकर्मीले त्यहाँ हमला गरेका थिए। माओवादीले घाइते भएकालाई उठाएर लैजाने गरेको समेत दावी गरेका छन्। एक उच्च प्रहरी स्रोतले माओवादीको क्याम्पमा उच्चपदस्थ नेता समेत रहेको दावी गरेको छ। - एजेन्सी

वार्तामा आउन भारतीय माओवादीको सर्त 'वन्दी रिहाई'
नयाँ दिल्ली, चैत २१ - भारतको केन्द्रीय सरकार माओवादी विरुद्ध कडारुपमा प्रस्तुत भएपछि भारतीय कम्युनिष्ट पार्ट्री माओवादीका प्रवक्ता आजादले हिंसा रोक्न नयाँ प्रस्ताव अघि सारेका छन्। युद्धविरामको साटो उनले राजनीतिक बन्दीहरुको रिहाइ र उनीहरु विरुद्धको प्रतिवन्ध हटाइनुपर्ने माग अघि सारेको छन् ! यी दुई शर्तले वार्ताको वातावरण बन्ने माओवादी तर्क छ।
पार्टीका तर्फबाट प्रवक्ता आजादले भनेका छन्, 'राज्यको आतंक रोक, राज्यको लगानीमा गाउँ गाउँमा बनाइएको भिजिलान्ते समूह बन्द गर। अनिमात्र वार्ताको वातावरण बन्न सक्छ।'
माओवादी हमलामा दस प्रहरी मारिए
भुवनेश्वर, भारत, पूर्वी भारतमा आइतबार प्रहरी जवानहरू चढेको एक बसलाई संदिग्ध माओवादीहरूले विस्फोट गरी उडाइदिएपछि दस प्रहरीको मृत्यु भएको छ।भुवनेश्वरबाट २ सय ३५ माइल टाढा पर्ने मन्त्रियाम्बा गाउँमा जमिनमुनि विस्फोट पड्काएर गरिएको यो हमलामा अरू १३ प्रहरी घाइते भएका छन्। हताहत भएका प्रहरी विद्रोहीहरूसँग लड्न विशेष रूपमा प्रशिक्षित रहेको बताइन्छ। यो हमलाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। गृहमन्त्री पी चिदम्बरम् पश्चिम बङ्गालको माओवादी प्रभावित इलाका पुगेकै दिन यो हमला भएको छ।उनी माओवादी विद्रोहीहरूलाई जङ्गलबाट खेद्न सरकारले चलाएको ‘अपरेसन ग्रिन हन्ट’ को प्रगति समीक्षा गर्न गएका हुन्। आइतबार मात्रै उनले माओवादी विद्रोहीहरूले हिंसा त्यागे वार्तामा बस्न सकिने भन्दै सरकारको प्रस्तावलाई दोहोर्याएको थिए ! प्रहरी उपमहानिर्देशक सञ्जीव पंडाले विस्फोट स्थानीय समयअनुसार आइतबार बिहान नौ बजे भएको बताएका छन् । प्रहरीका तीन गाडीमध्ये एउटा विस्फोटमा परेको उनले बताए । विस्फोटमा पर्ने गाडीमा तीसभन्दा बढी प्रहरी यात्रा गरिरहेका थिए ।विस्फोटमा मर्नेको संख्या बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन् । गत आइतबार मात्रै माओवादीले गजपति जिल्लाको अम्बजगिरी जंगलमा तीन प्रहरीको हत्या गरेका थिए ।
झारखण्ड मा कांग्रेस नेताको हत्या ४ ट्रक ध्वस्त   
जमसेडपुर, चैत झारखण्डमा माओवादीले एक कङ्ग्रेस नेताको गोली हानी हत्या गरेका छन्। हतियारसहित गएका ६ जना माओवादीको टोलीले सिहव्रुन जिल्लाका कङ्ग्रेस नेता गोवर्द्धन महोलीलाई घरबाट बाहिर निकालेर गोली प्रहार गरेका थिए ! उनको शव मंगलबार बिहान फेला परेको हो। प्रहरीले हत्यामा संलग्न माओवादीको खोजी गरिरहेको छ। ठूलो संख्यामा सुरक्षाकर्मीहरु माओवादीको खोजीमा जुटेका छन्। भारत सरकारले माओवादी विरुद्ध विशेष अभियान सुरु गरेपछि त्यहाँ माओवादीको आक्रमण दिनहुँ बढिरहेको छ।त्यसैगरी झारखण्डको चत्रा जिल्लामा रहेको एक कोइलाखानीका चार ट्रक ध्वस्त बनाएका छन्।
२५ जनाभन्दा बढीको संख्यामा आएका माओवादीले ट्रकमा आगो लगाएका हुन्। प्रहरीका अनुसार ट्याक्सीमा आएका माओवादीले ट्रकमा आगो सल्काएर भागेका थिए। एक ट्रक चालकले उनीहरुलाई पछ्याउँदा घाइते भएको भारतीय मिडियाले जनाएका छन्।
'दुई मानिसहरु अगाडिबाट आए र दुई जनामा माथि चढेर हामीलाई बन्दुक तेर्स्याए,' ट्रक चालक सतिन्द्र रामले भने, 'तपाँइहरु किन ट्रक जलाउनुहुन्छ भनेको छ हिर्काउन थालिहाले।' 
अमेरिकी कन्सुलेट नजिकै श्रृङ्खलाबद्ध विस्फोट

पेशावर, चैत २३ (एजेन्सी)- पाकिस्तानको उत्तरपश्चिमी सहर पेशावरस्थित अमेरिकी कन्सुलेट नजिकै श्रृङ्खलाबद्ध विस्फोट भएका छन्। पाक प्रहरीअनुसार पाँच वटा विस्फोट भएको स्थान अमेरिकी कन्सुलेट कार्यालयको छिमेकमा पर्छ। सोमबार भएको विस्फोट लगत्तै गोलीहानाहान भएको छ।लगातार पाँच वटा विस्फोटनपछि गोली हानहानको आवाज सुनेको स्थानीयबासीलाई उदृत गर्दै टाइम्स अफ इन्डिया डटकमले जनाएको छ। घटना बारे विस्तृत विवरण आइसकेको छैन।विस्फोटना कसले गराएको हो भन्ने खुल्न सकेको छैन। सुरक्षा अधिकारीहरुले विस्फोटनमा आतंककारी समूहको संलग्नता हुनसक्ने बताएका छन्। 
सातदिन पछी जिउदै निकालिय खानीमा फसेकाहरू
वेइजिङ, चैत - एक साताभन्दा बढी समय खानीमा फसेका कामदारहरुमध्ये सय भन्दा बढीको जिवितै उद्धार गरिएको छ। कोइला खानीमा पानी पसेपछि १ सय ५३ जना कामदार भित्रै फसेका थिए १ सय १५ जनाको उद्धार गर्न सकेको चिनिया समाचार एजेन्सी सिन्हवाले जनाएको छ। ‘अन्तत: अचम्म भएरै छाड्यो,' पहिलो नौ मजदुरलाई सकुशल निकालेको देखेपछि लिउ दिझेङले भने। खानीबाट मजदुरको उद्धार गर्न त्यहाँ पसेको पानी हटाइएको थियो। उनीहरु जिवितै रहेको अनुमानपछि खानीभित्र ग्लुकोज पठाइएको थियो। खानीबाट झिकिएका मजदुरको अहिले अस्पतालमा उपचार भइरहेको छ।