विचार

अबको राष्ट्रिय मिसन युवाको काधमा


मनोहर र्घर्ती मगर

हामी हाम्रो राष्ट्रप्रति बफादार हुनुपर्छ, जन्मभूमिको रक्षा गर्न कम्मर कस्नुपर्छ, राष्ट्रिय अस्तित्व र संस्कृतिको पहिचान खोज्दै शान्ति र सुखसमृद्धिको विजारोपन गर्नुपर्दछ । यही नै मलाई लाग्छ एक देशभक्तको विशेषता हो । संर्घष लाई आत्मसात गर्दै चुनौतीका पहाड तोड्दै अनि समाजमा परिवर्तनको नयाँ काँचुली फेर्दै साहस र आटका साथ नया आगमनको शुरुवात गर्न जोकोही पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक र राष्ट्रियहितका लागि प्रतिबद्ध हुनु अहिलेको अत्यावश्यक माग हो । त्यसैमा नै राष्ट्रिय भिजन निर्भर रहन्छ र राष्ट्रिय मिशनको सम्भावना खुल्दछ । आजको सानो प्रयासले भोलिको सफलता निर्माण हुन्छ । उज्यालो दीपले मात्र उज्यालो ल्याउन सक्छ नकि अन्धकार आफैले अन्धकारको साम्राज्य तोड्नसक्छ । अतः आजको आवश्यकतालाई औल्याउदै एकताबद्ध भएर हुरी भई जुर्मुराउन आवश्यक छ जसले समाज र राष्ट्रमा विद्यमान असमानता, विसंगति र यथास्थितिलाई सदाको लागि फ्याक्न सक्छ । व्यक्ति-व्यक्तिको सानो पहलकदमीले सफलताको हुरी ल्याएर विकृतिको धुरी उडाउछ भने प्रयत्न किन नगर्ने - यसका लागि र्सवप्रथम युवाशक्तिको सामर्थ्य र प्रयत्न चाहिन्छ, जो आफै हुरी भएर उडाउन सक्छ र अरु पात भएर पन्छाउछ । यही नै कुनै पनि देशभक्त युवाको राष्ट्रिय मिशन ठहरिनेछ ।

लामो समयदेखि नेपाली क्रान्तिले एकपछि अर्को गर्दै सफलताको सिढी चढेको छ, तापनि नेपाली जनताको लागि कागलाई बेल पाक्यो हर्षन विस्मात भएझैं छ । वि.सं. २००७ सालमा राणा शासनको अन्त्यसगै प्रजातन्त्रको आगमन भयो । त्यसयता पञ्चायती शासनको अन्त्यसगै बहुदलीय प्रजातन्त्रको आगमन अनि दशवर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको माध्यमबाट शाही शासनको अन्त्यसगै लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भइसकेको छ । यी सबै घटनालाई सरर्सर्ती नियाल्दा नेपाली क्रान्तिले ऐतिहासिक फड्को मारिसकेको छ । तर किन अझै पनि नयाँ नेपालको अनुभव गर्न सकिएको छैन - किन देश झन ओरालोतिर बामे सरिरहेको भान भइरहेको छ - किन देश अझै पनि दक्षिणी र उत्तरी हुरीले थर्किदैछ - यसमा सबैले बुझ्नु जरुरी छ र विशेषगरी युवावर्ग सचेत रहनु आवश्यक छ । यस स्थितिमा राष्ट्रका र्सवशक्तिशाली युवावर्गले दह्रो दृढताका साथ कदम चाल्नुपर्छ । राष्ट्रले लामो समयदेखि युवावर्गबाट यही आशा गरेको छ । युवावर्गको दह्रो दृढता नै राष्ट्रिय मिशनको लागि कोसेढुंगो सावित हुनेछ । दह्रो दृढता, दह्रो शक्तिशाली र उच्च विचारले नै आजको राष्ट्र हा“क्न सक्छ, सही कमाण्डिङले नै क्रान्तिको शंखघोष गर्नसक्छ ।

राष्ट्रिय पहिचान नै एउटा त्यस्तो किष्टोन हो जसले राष्ट्र र राष्ट्रबासीका जनभावना निर्भर रहन्छ । राष्ट्रिय पहिचान व्यक्ति-व्यक्तिको इमानदारिता र पहिचानमा निर्भर रहन्छ । त्यसैले प्रत्येक व्यक्ति आफै इमानदारिताको दायरामा रहनु आवश्यक छ जसबाट राष्ट्रिय पहिचानको निर्माणसगै जनभावनाको रक्ष् हुनसक्छ । थोपा-थोपाको संगमले नै हो कालो बादल बनेर मुसलधारे पानीको झरी निम्तिने । त्यसैले व्यक्ति-व्यक्तिको पहिचानले नै राष्ट्रिय पहिचानको निर्माण गर्दछ र त्यसैबाट राष्ट्रिय मिशनको आगमन हुन्छ । यस कुरालाई गहन तरीकाले आत्मसात गरी सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्ने हो भने मीठो फलको प्रतिक्रिया अवश्य मिल्छ किनभने न्यूनटको वैज्ञानिक सिद्धान्त सबैलाई थाहा नै छ । हरेक क्रियाको आफ्नै प्रतिक्रिया हुन्छ । यो देशमा अब युवाको क्रियाले मिशन प्रतिक्रिया ल्याउनुपर्छ । यही नै सबैको आशाको केन्द्रविन्दु बनेको छ । राष्ट्रका होनहार युवा आजको राष्ट्रिय शक्ति सावित भइसकेको छ । कुनै पनि बालकले आमाको गर्भबाट जन्म लिइसकेपछि आमाकै माया पाएर हर्ुर्किएपछि आमाको पीडा नै आफ्नो पीडा ठान्दछ किनभने ऊ मातृस्नेहले प्रभावित हुन्छ, उभित्र आमाको माया र ममता खचाखच भरिएको हुन्छ र त्यही मात्रामा आमाप्रति जिम्मेवार हुनुपर्छ भन्ने बोध पनि पलाउदै जान्छ समयको गतिसगै । मैले यहाँ फोकस र्गर्न खोजेको कुरा के भने कुनै पनि देशभक्तको लागि राष्ट्र र राष्ट्रियताको र्सार्वभौमिकता मुटुको टुक्राभन्दा पनि प्यारो हुन्छ । र्सार्वभौमिकताको रक्षा नै उसको प्राथमिक दायित्व ठहरिन्छ किनभने देशभक्तको विशेषता नै यही हो भन्ने उसलाई राम्रो बोध हुनुपर्छ । यो देश मेरो हो र यहाँ मेरो पर्ूण्ा जिम्मेवारी छ भन्ने बुझ्नुपर्छ । आफ्नो मुटुको बगैंचामा प्रेम र सद्भावको खेती गरेर इष्र्या, घृणा, बदलाभाव अनि स्वार्थको झाङ्गदिो झारलाई उन्मूलन गर्नुपर्छ । अब देशमा साच्चिकै उत्साह र उमंगको बाढी उराल्नर्ुपर्छ । वैचारिक दृष्टिकोणबाट विमतिको अन्त्य गर्दै सहमतिको खाका कोर्नुपर्छ र दिमागमा सिर्जनात्मक र निर्माणात्मक विचारको भिड लगाई मानवताको हतियारले दानवताको बुढो रुख ढाल्नुपर्छ ।राष्ट्रिय मिशन अर्थात लक्ष्यको विन्दु धेरै टाढा छैन तर हामीले गर्न त्यति सजिलो छैन न असम्भव नै छ । एकपटक देशमा फेरि मानवसागरको सुनामी ल्याउनैपर्छ । त्यसैले देशभक्त युवा हो, उठ, जाग, ..... उठ जाग...... मिशन युवाहरुकै काधमा छ ।