कस्ता पुरुषमा युवती मोहित हुन्छन् ?
रोमान्टिक पुरुषयिनीहरू पारम्परिक प्रेममा विश्वास गर्छन् । यिनीहरू डिनरको समयमा मैनबत्ती बाल्न रुचाउँछन् । फूल र चक्लेट उपहार ल्याउँछन् । उनीहरू प्रायः आफ्नो आँखामा प्रेमिका भएको बताउँछन् र पे्रमिकालाई हेर्न लगाउँछन् ।
सम्मानित प्रेमको अपेक्षा गर्ने युवती यस्ता पुरुषप्रति आकषिर्त हुन्छन्् । यस्ता पुरुषले देखाउने हाउभाउ र व्यवहारले युवतीलाई लाग्छ- ऊ मरिमेटेर प्रेम गर्छ । युवती पनि उसलाई आकषिर्त गर्न विभिन्न तरिका अपनाउँछे ।
आत्मविश्वासी पुरुष
यस्ता पुरुष आफूमा विश्वास गर्छन् । यिनीहरू प्रेममा असुरक्षित महसुस गर्दैनन् । यिनीहरू कुनै न कुनै क्षेत्रमा सफल भएका हुन्छन् । प्रेमिका र आफ्नो सम्बन्धप्रति यति विश्वस्त हुन्छन् कि प्रेमिकाको अन्य पुरुषसँगको सम्बन्धलाई ईश्र्या गर्दैनन् ।
युवतीलाई लाग्छ- मेरो प्रेमी महान् हुन् । पुरुषले आफ्नो तारिफ यति विश्वासपूर्वक सुनाउँछ कि युवतीलाई सबै सत्य लाग्छ । जब कि केही प्रतिशत बढाइ-चढाई गर्ने बानी यस्ता पुरुषमा हुन्छ । यस्ता पुरुष युवतीलाई मन पराए पनि भाउ नदिएजस्तो गर्छन् । त्यो नै उनीहरूका लागि प्लस प्वाइन्ट हुन्छ । यसले युवतीहरू झन् बढी आकषिर्त हुन्छन् ।
कलात्मक पुरुष
यस्ता पुरुष प्रत्येक पल बाँच्नुपर्छ भन्छन् । बाँच्ने प्रयास पनि गर्छन् । उनीहरू प्रायः आफ्नो कलात्मक शैलीले प्रेमिकालाई आकषिर्त गर्न खोज्छन् । जस्तो कि प्रेमिकाको विषयमा गीत लेख्छन्, कविता लेख्छन् । अथवा चित्र बनाउँछन् ।
फरक र विशेष हुन रुचाउने महिला यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । त्यसैले त्यस्ता महिलालाई आकषिर्त गर्ने यो जति राम्रो तरिका अरू हुन सक्दैन । आफ्नो तस्बिर प्रेमीले बनाउँदा वा कविता लेखिदिँदा युवती धेरै गौरवान्वित हुन्छन् र आफ्नो प्रेमीको चर्चा अरूसँग समेत गर्छन् ।
विदेशी पुरुष
यस्ता पुरुष समाजमा नयाँ हुन्छन् । उनीहरू अर्काे मुलुकबाट आएका हुन्छन् । तिनीहरूसँग विश्वलाई हेर्ने फरक दृष्टिकोण हुन्छ । उसको पोसाक पनि केही भिन्न हुन्छ । उसले आफूलाई फरक बनाउन सधँै प्रत्यत्न गर्छ र फरक देखिन्छ पनि । विश्वका बारेमा जानकारी राख्न चाहने महिला यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । फरक संस्कृतिबाट आएका पुरुषसँग सम्बन्ध जोड्न नै उनीहरूका लागि सबैभन्दा बढी खुसीको कुरा हुन्छ ।
अराजक पुरुष
यस्ता पुरुष स्वतन्त्र हुन रुचाउँछन् । उनीहरूलाई कुनै कानुनले बाँध्न सक्दैन । ऊ मोटरसाइकल चलाउन रुचाउँछ । एडभेन्चर जीवन यिनीहरूलाई मन पर्छ । यिनीहरूलाई आफ्नो प्रेमिकाप्र्रति खुब विश्वास हुन्छ । यी अरूका कुरा सुन्न रुचाउँदैनन् । यस्ता पुरुषमा महिला विद्रोही स्वभाव देख्छन् । उनीहरू यस्ता पुरुषको अराजकतालाई रुचाउँछन् । युवतीलाई लाग्छ- यस्ता स्वभावले उनीहरूलाई पनि केही अराजक हुन छुट दिन्छ । र, यी पुरुषलाई सिकाइरहन पाउँदा पनि युवतीहरू खुसी हुन्छन् । जब कि उनीहरूको प्रयास कहिल्यै सफल हँुदैन ।
बौद्धिक पुरुष
यिनीहरूलाई सबै विषयको ज्ञान हुन्छ । यस्ता पुरुष व्यंग्य गर्न रुचाउँछन् । यिनीहरू राजनीतिका कुरा गर्छन्, तर रमाइलो शैलीमा । उनीहरू प्रेमिकासँग घन्टाँै बिताउन रुचाउँछन् । तर, प्रेमिकालाई दिक्क नलाग्नेगरी । समाजमा आफूलाई केही माथि देखाउन रुचाउने युवती यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । उनीहरूलाई लाग्छ- मेरो प्रेमी विशेष हो । पुरुषको बौद्धिकताले सम्बन्धलाई दिगो राख्न मद्दत गर्छ । महिलाहरू यस्ता पुरुषसँग सुरक्षित महसुुस गर्छन् ।
मायालु पुरुष
यस्ता पुरुष प्रेमिकाप्रति माया देखाउन जे पनि गर्छन् । प्रेमिकालाई बसाउन कुर्ची ठिक्क पारिदिन्छन् । उनीहरू प्रेमिका जहाँ भए पनि आफूलाई खबर गरोस् भन्ने चाहन्छ । प्रेमिका एक्लै घुम्न गएको रुचाउँदैन । त्यसैले प्रेमिकालाई घरको ढोकासम्म पुर्याएर छाड्छन् । उनीहरू सधँै प्रेमिका आफ्नो विषयमा के सोचिरहेकी छे जान्न उद्यत रहन्छन् ।
एकपटक धोका खाइसकेका युवती यस्ता पुरुषलाई रुचाउँछन् । उनीहरू पछिल्लोपटक खाएको धोकाको घाउ यस्ता पुरुषबाट पाउने प्रेमले पुर्न चाहन्छन् । यस्ता पुरुषले स-सानो कुरामा ख्याल राख्ने हँुदा उसका लागि आफू महत्त्वपूर्ण भएको महसुस गर्छन् ।