युवा पहिचान र समस्या
अहिले नेपाली युवाहरू के सोचिरहेका छन्? उनीहरूका चाहना के हुन्, पहिचान के हो?
समस्या के छन्? सुनौं उनीहरूबाटै
![]() |
तस्बिरहरूः मीनरत्न बज्राचार्य |
युवा के हो, र उसलाई के कुराको खाँचो छ?
पूजा गुरुङः चाहिएको परिवर्तनको सन्देश हो। हामी अनेक कुरा गर्छौं, लक्ष्य बनाउँछाँै, तर त्योसम्म पुग्न आवश्यक समय दिँदैनौँ, लगानी गर्दैनौँ।
विजय पौडेलः परिवर्तनका निम्ति हुने आन्दोलनका अग्रपङ्क्तिमा रहने युवाहरूलाई नेपाली समाजमा चाहिएको बेला 'उपयोग' गर्ने र अरूबेला अल्लारे ठान्ने चलन छ। सशस्त्र द्वन्द्वमा होस् वा शान्तिपूर्ण जनआन्दोलनमा, युवाहरूकै अगुवाई छ, तर त्यसपछिको व्यवस्थापनमा युवाहरू कतै देखिन्नन्। नेतृत्वलाई युवा चाहिन्छ, तर युवाको सोच, दृष्टिकोण र समस्याबारे मतलब हुँदैन। ठूलो सङ्ख्या र परिवर्तनको भावना युवाको सम्पत्ति हो। अरूभन्दा भिन्न देखिन चाहने युवा सोच 'अरूको ध्यान तान्ने' मनोभावना हो। परिवर्तनबाटै युवाहरूले आफ्नो पहिचान बनाउँछन्।
रामहरि सिलवालः युवाहरू केही गर्ने कोशिश त गर्छन्, तर त्यो पूरा हुनुअघि नै रोकिन्छन्। यो कुरा स्कूल, कलेज, क्लबहरूदेखि राजनीतिमा लागेका युवाहरूसम्म देखिन्छ। उचित योजना, त्यसमा केन्द्रित हुने मनोभावना र त्यसका लागि आवश्यक प्रोत्साहनको अभाव तथा 'ल्याइछाड्छौँ' भन्ने सोचको कमी आदिले हामी लक्ष्यमा पुग्न सकिरहेका छैनौँ। यसतर्फ युवालाई जागरुक बनाउनु जरुरी छ। एक्लै जे पनि गर्न सक्ने युवा, सामूहिक रूपमा त्यही काम गर्न असफल रहेकाले तिनमा टिममा काम गर्ने क्षमता विकासको खाँचो छ।

मानुषी यमी भट्टराई विद्यार्थी, राजनीतिशास्त्र। |
प्रदीप पौडेलः हामी युवाहरू निराशावादी छौँ। कुनै पनि घटनालाई सकारात्मक रूपमा हेर्दैनौं। शिक्षा, सामाजिक बनोट, संस्कृति, परम्परा, मूल्य–मान्यता आदि कुराले यस्तो मनोभावनाको विकास गरेको हो। शिक्षामार्फत् हाम्रा स्रोत र साधनको पहिचान हुनै सकेन। जस्तोः पानीमा एकदमै सम्पन्न भएपनि हाम्रो शिक्षाले त्यसको उपयोगिता सिकाउन सकेन। स्रोत–साधनको उपयोगिताको जानकारीले मात्रै बेरोजगारीको समस्या न्यून गर्न सक्छ। अहिले अधिकांश युवाहरू विदेश जान चाहन्छन्। किनभने तिनलाई यहाँ परिवर्तन हुन्छ र त्यसमा आफ्नो भूमिका हुन्छ भन्ने विश्वास छैन। यथास्थितिमा बस्दा केही हुँदैन भन्ने बुझेर आन्दोलनका बेला युवाहरू आक्रोशित हुन्छन्। त्यही आक्रोशलाई उपयोग गरेर राजनीतिक आन्दोलनले परिवर्तन ल्याउँछ। माओवादीको सशस्त्र विद्रोह र २०६२–६३ को जनआन्दोलनमा व्यापक युवा सहभागिता हुनुको कारण नै यही हो। तर प्राप्त उपलब्धि दल र तिनको उपल्लो पुस्तामा मात्र जाँदा युवाहरूमा निराशा छाएको छ।
सञ्जीव शर्माः हाम्रो समाज, शिक्षालगायतका कुराले युवाहरूमा निराशावादी सोच आएको पक्कै हो। तर त्यो निराशा घरबाटै शुरु हुन्छ। आफूभन्दा ठूलोलाई मान्नुपर्छ, मुख लाग्नु हुन्न भन्ने कुरा त्यही हो। त्यसपछि कलेजमा एक 'ब्याच सिनिएर' दाइले भनेको मान्नुपर्छ, अनि पार्टीमा सभापतिले भनेको मान्नुपर्छ। यसले पनि युवाहरूलाई अगाडि आउन दिएको छैन। सबभन्दा पहिला यो बेकामे 'चेन अफ कमाण्ड' तोड्नुपर्छ। नत्र परिवर्तन ल्याउँछु भन्ने, तर असफल हुने बित्तिकै उसमा निराशापन आउँछ।

प्रदीप पौडेल विद्यार्थी नेता। |
विजय पौडेलः युवाहरू निराशावादी छन् भन्ने मान्दिनँ। युवा जहिले पनि नयाँ कुरा गर्न चाहन्छन्। तर उसले त्यसका लागि त्यस्तो काम कहिल्यै नगरेको अभिभावक वा पार्टीका नेतासँग अनुमति लिनुपर्छ। अनुमति दिनेलाई नै त्यसबारे थाहा नहुने हुँदा उनीहरू हुँदैन भन्छन्। त्यसैले युवाहरू आफैँ निराश नभएर तिनलाई 'हुँदैन' भन्नेले निराश पारेका हुन्।
अनिल चित्रकारः युवाहरू पछ्याउँछन् तर नेतृत्वमा आउँदैनन्। यता संस्कृतिकै कुरा गर्ने हो भने पनि हामीकहाँ बच्चा बोलेन भने सूर्य विनायकमा लगेर पूजा गराइन्छ अनि बोल्न थालेपछि 'चुप लाग्' भनिन्छ!
कुन्दनराज काफ्लेः हाम्रो समाजमा नयाँ र सृजनशील काम थाल्ने भन्दा पनि परम्परालाई जोगाउने संस्कृति छ। हामी कालीलाई बलि दिन्छौं अर्थात् शक्तिलाई मान्छौँ। तर समाजमा युवाहरू शक्तिका रूपमा स्थापित छैनन्, बरु शक्तिकेन्द्रबाट उपयोग हुन्छन्। असल शिक्षा नभएकै कारण यार्सागुम्बा बुझ्न अमेरिकी जर्नलहरू पढ्नुपर्छ। तसर्थ हाम्रो संरचना परिवर्तन नभएसम्म युवाहरूले सामूहिक काम गर्न सक्लान् जस्तो लाग्दैन।|
विनोद दासः शिक्षाको दोष हो। तोडफोड आदिमा युवाको संलग्नता आफ्नो कारणले भन्दा पनि अरू कसैको दबाबबाट हुन्छ। असल शिक्षा नहुँदा राम्रो/नराम्रो छुट्याउन सकिन्न। तसर्थ यस्तो शैक्षिक प्रणालीको आवश्यकता छ, जसबाट युवाहरूले ठीक–बेठीक छुट्याउन सकून्।

दिप्ती खकुरेल युवा सामाजिक कार्यकर्ता। |
अनिलः अहिलेको 'चक एण्ड टक' शिक्षालाई साहसिक खेलमा जस्तो व्यावहारिकता, सञ्चारमा जस्तो अन्तरक्रियात्मक बनाउनु पर्छ। तर मान्छे जति अशिक्षित हुन्छ त्यति नै उसमाथि शासन गर्न सजिलो हुन्छ भन्ने धारणा पनि छ!
विनोद दासः शिक्षा र साक्षरतामा धेरै अन्तर छ। राम्रो–नराम्रोको निर्णय लिन सक्ने ज्ञान छ, छैन भन्ने मूल कुरा हो।
खगेन्द्र लामिछानेः चार–पाँच वर्षअघि चर्चामा आएको बिजुलीबाट चल्ने गाडी र पेट्रोल नचाहिने चिनियाँ मोटरसाइकलका कुरा मात्र भए। बरु विस्तार हुँदै जानुपर्ने ट्रलिबस नै बन्द भयो। सरकारको कमजोरी हो वा अरू कुनै विदेशीको दबाब! पेट्रोलको मूल्य बढ्ने कुरा आएको छ, कुनै दिन पक्कै बढ्छ। तर पेट्रोलमा मूल्य वृद्धि भयो भनेर सडकमा आगो लगाउने कि त्यसको मूल्यवृद्धिले असर पार्न नसक्ने कुरा पहिचान गरेर भित्र्याउने! यस्ता सकारात्मक कुरामा युवाहरूले आफ्नो भूमिका किन देखाउन सकेनन्? परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ, तर परिवर्तनलाई सहज बनाउँदै समाज बदल्न हामी पछाडि छौँ।
अनिलः त्यसो गर्न के कुराले रोकेको छ त? शिक्षाका कारण भन्ने हो भने नेपालमा दैनिक ७८ लाख विद्यार्थी स्कूल जान्छन्। यति धेरै मानिस शिक्षित भैरहेको देशमा यति सानो कुरा किन गर्न सकिएन?
विनोद दासः विद्यार्थीको सङ्ख्या यति धेरै भएपनि उनीहरू निर्णय लिन सशक्त छैनन्। युवाहरूलाई यहाँको राजनीति र समाजबारे जानकारी दिनु तथा देशका साधनस्रोतको उपयोगिता हुन नसकेको बारे बुझाउनु जरुरी छ। अन्य देशको बारेमा पनि बुझाउनु आवश्यक छ।

विजय पौडेल टेलिभिजन पत्रकार। |
विनोद लम्सालः नेतृत्व हस्तान्तरण गर्न नचाहने पुरानो पुस्ताबाट युवा पुस्ताले नेतृत्व लिन नसक्नुमा शिक्षाको नै मुख्य कमजोरी छ। सोच्ने, विश्लेषण गर्ने र क्षमता विकास गर्ने खालको शिक्षा प्रणालीको अभाव छ। व्यावसायिक शिक्षाको कमि छ। दुई–चार महिना 'नोट' रटेको आधारमा कलेज पास गरिन्छ। कतिपय कलेजमा विदेशका पाठ्यक्रम ल्याइए पनि पढाउने तरिका परम्परागत नै छ, जसले गर्दा हामी जिम्मेवारी लिन डराउँछौँ। खोला अगाडि छ भने हाम्फाल्नै डराउँछौं। त्यसमा गोही छ भने कस्तो सावधानी लिने भन्ने ज्ञान भयो भने न डर हुँदैन! त्यस्तो विश्लेषण गर्ने शिक्षा नभएपछि हामी कसरी अगाडि बढ्न सक्छांै? सिनियरले जुनियरलाई अगाडि बढ्न नदिने किसिमका तगाराहरू छन्। प्रतिभाशाली र स्मार्ट नयाँपुस्ता आएपछि विस्थापन होइन्छ कि भन्ने डर छ। युवालाई 'ब्याक अप' गर्ने सोचाइ छैन। कागजमा भन्दैमा लोकतान्त्रिक भइँदैन,व्यवहारमा हुनुपर्छ।
दिप्ती खकुरेलः युवा भनेको पहिचानको खोजीमा रहने अवस्था हो। कपाल बाँधेर, कुनै संस्थाको सदस्य भएर, राजनीतिमा लागेर वा विकासमा लागेर; जे गरेर भएपनि युवा आफ्नो छुट्टै परिचय बनाउन खोज्छ। युवाहरू पछ्याउने मात्र भए भन्ने कुरालाई सोलोडोलोमा राखेर सामान्यीकरण गर्न मिल्दैन। १६ देखि ३५ वर्षे उमेर समूहको युवा देशको ३५ प्रतिशतभन्दा बढी जनसङ्ख्या हो। यत्रो सङ्ख्यालाई भविष्यको कर्णधार मात्र भनेर हुँदैन, वर्तमानको पनि उत्तिकै साझेदार मान्नुपर्छ। हो, युवाहरूमा उचित लगानीको खाँचो छ। राम्रो शिक्षा भएपनि त्यसपछिको रोजगारी सुनिश्चित नगरेसम्म केही हुन्न। युवाले आफ्ना लागि निर्णय लिन सक्ने क्षेत्रहरूमा लगानी हुनुपर्छ। शिक्षा, रोजगार, परिवार, स्वास्थ्य, नागरिक शिक्षामा उचित लगानी भयो भने मात्र के ठीक, के बेठीक छुट्याउन सकिन्छ।

रामहरि सिलवाल पर्यटन व्यवसायी। |
मानुषी यमी भट्टराईः युवालाई दुई तरिकाले हेर्नुपर्छ; एउटा उसको व्यक्तिगत सफलता र अर्को राजनीतिक पार्टी वा विद्यार्थी सङ्गठनमा संलग्न भएर समूहमा हुने उसको आबद्धता। समस्या पछिल्लोमा छ। समूहमा काम गरिरहेकालाई व्यक्तिगत रूपमा अघि बढ्ने; जस्तै इन्जिनियर बन्ने, राफ्िटङ गर्ने, खेलाडी बन्ने ठाउँ छ कि छैन? समूहमा लागेकाहरू आन्दोलनमा लाग्छन् तिनलाई व्यक्तिगत 'स्पेस' दिइँदैन। तर समस्या समाधानका निम्ति 'एक्सन' गर्नुपर्ने भएकाले व्यक्तिगत भन्दा पनि समूहकै प्रयासबाट सम्भव हुन्छ। अहिले हाम्रो समाजले बिर्सेको कुरा नै यही हो। व्यक्तिगत र सामूहिक रूपमा काम गर्ने युवाहरूलाई समायोजन गर्नैपर्छ। मलाई सन् १९६८ मा फ्रान्समा विद्यार्थीहरूले भनेको 'व्यावहारिक होऊ, असम्भव काम गर' भन्ने भनाइ ठीक लाग्छ। शिक्षा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक कुरासँग सीधै जोडिएको हुन्छ। राजनीति र शिक्षालाई छुट्टाछुट्टै 'डिल' गरेर समाधान निस्कँदैन। फेरि हाम्रो समाजमा युवा–युवाबीच पनि द्वन्द्व छ। त्यसैले विभाजित समाजमा भइरहेका कुरालाई 'जेनरलाइज' गर्न मिल्दैन। यहाँ धेरैले आदर्शवादी कुरा गर्नुभयो, गर्नु पनि पर्छ। तर व्यावहारिक पनि हुनुपर्छ।
सञ्जीवः युवाको मुख्य समस्या भनेको उसले केही गर्दा सफलता हात लागेन भने के त भन्ने हो। उसलाई कसले सहारा दिन्छ? त्यो अवस्थामा फेरि परिवर्तन गर्न खोजेको समाज र परिवारमै फर्कनुपर्छ। त्यो जोखिम कसले लिने?
युवा पहिचान

किरण पाण्डे |
मानुषीः भविष्यका कर्णधार, इनर्जेटिक, फ्रेस भनेर सकारात्मक रूपमा चिनिन्छन् भने आवारा, नेताहरूका 'पपेट' भनेर नकारात्मक रूपमा।
दिप्तीः एकातिर युवालाई परिवर्तनका संवाहक, भविष्यका कर्णधार भनिन्छ भने अर्कोतिर नकारात्मक रूपमा 'कनफ्युज्ड' र निराश भन्ने गरिन्छ।
विनोद लम्सालः नकारात्मक रूपमा जुनियर, कम अनुभवी, अति महत्त्वाकांक्षी, अव्यावहारिक सपना देख्ने, अरूबाट निर्देशित र कमजोर निर्णय क्षमता भएका भनेर हेर्ने गरिन्छ।
खगेन्द्र लामिछानेः उरन्ठेउला, केटाकेटी, आवारा, कच्चा भन्ने नकारात्मक शब्दावली प्रयोग हुन्छ।
विनोद दासः उद्दण्ड, अपरिपक्व, अक्षम भन्ने दृष्टिले हेरिन्छ।
कुन्दनः कुरा नबुझ्ने, अनुभवहीन, आवेग–आक्रोश भएकाहरू, भुराभुरी फुर्ति लाउँछन्, एकछिन कराउँछन्, थाक्छन् जस्ता नकारात्मक शब्दावलीले छाडेको छैन युवाहरूलाई।
सञ्जीवः परिवर्तनको संवाहक भनिन्छ तर सँगै अल्लारे, गैर–जिम्मेवार, अनुुभवहीन पनि भनिन्छ।
रामहरि सिलवालः हाउडे, आलाकाँचा, के गर्लान् र भन्ने गरिन्छ।
विजयः केटाकेटी, पढ्न छाडेर गफ गर्ने, नजान्ने भन्छन्।
पूजाः सकारात्मक रूपमा भनिने भविष्यका कर्णधार भन्दा नराम्रो त लाग्दैन, तर सुन्दा–सुन्दा अल्छी लागिसक्यो। नकारात्मक रूपमा गुण्डा, गफाडी, उत्ताउलो भन्ने त छँदैछ।

भविष्य होइन वर्तमान
![]() |
विनोद लम्साल चार्टर्ड एकाउण्टेण्ट। |
प्रदीपः युवालाई देशको भविष्य भन्नु नै नकारात्मक कुरा हो, युवा भनेको वर्तमान हो। भविष्य पर्खेर बस्यो भने परिवर्तन नै हुँदैन।
रामहरिः देशको भविष्य पनि हो किनभने युवाले नै देश बनाउनु छ। नेतृत्व लिने बेला भएकाले युवालाई नेता भन्दा हुन्छ। अप्ठेरोमा नै अवसर लुकेर बस्ने हुँदा हामीले त्यसलाई छोप्नुपर्छ।
विजयः सबै कुरालाई यथावत् राख्न सकिन्छ तर समयलाई सकिन्न। समयको परिवर्तनसँगै चल्ने युवा नै हुन्। हामी अल्लारे होइनौँ, जिम्मेवार छौँ। प्राथमिकता फरक होला, तर हाम्रा गफ पनि काम लाग्ने हुन्छन्, गम्भीर हुन्छन्। हामी नेतृत्व पनि लिन सक्छौँ। तर अग्रजले आफ्नो युवा चरण बिर्सनाले समस्या आएको छ।
पूजाः आखिरमा हामी सपना देख्नेहरू हौँं। हाम्रो सपनालाई 'क्यापिटलाइज' गर्दा मात्रै पनि हुन्छ। हामीलाई व्यावसायिक 'डे–ड्रिमर्स' बनाइदेऊ। हरेक दिन हामी नयाँ 'आइडिया' निकाल्छौं, त्यसलाई अगाडि बढाइदेऊ।
दिप्तीः पहिलेभन्दा धेरै परिवर्तन आएको छ। युवा भनेको भविष्यका लागि राम्रा मानवस्रोत हुन् भन्ने धारणा बनेको छ। नकारात्मकबाट सकारात्मकतिर जान युवा कत्तिको जिम्मेवार छ भन्नेमै भरपर्छ। हामीले आन्दोलन गर्यौं, माग उठायौं तर जिम्मेवारी बिर्सिदै गएका छौँ।
प्रदीपः अल्लारे देखिनुभएन। दक्षता हासिल गर्नुपर्यो। समाधानको उपाय पनि देखाउनु पर्यो। जिम्मेवार बन्ने उपाय त्यो हो।

विनोद दास, क्रिकेटर। |
विजयः अल्लारे भन्नेहरूले पनि बुझ्नुपर्यो, उनीहरू युवा अवस्थामा जे गर्थे त्योभन्दा हामी उन्नत काम गरिरहेका छौँ भनेर। अरूले अल्लारे भने पनि हामी अल्लारे होइनौं भन्ने आफूले महसूस गर्नुपर्छ। टिभीमा तन्नेरीले फिल्म र गीत हेर्दा बेठीक अनि समाचार र सिरियल हेर्ने बाउ–आमा मात्र ठीक भन्ने कुरा सही भएन। प्राथमिकताको मात्रै भिन्नता हो। हामीले भन्न सक्नुपर्यो– तपाइँले हेरेको समाचार ठीक छ, तर मैले हेरेको पनि गलत होइन भनेर।
विनोद लम्सालः हामीले अरूलाई सहमत गराउन सक्ने क्षमता विकास गर्न जरुरी छ। होलान् युवाहरू अल्लारे पनि तर म अल्लारे होइन भन्न सक्नुपर्यो।
दिप्तीः राम्रो संवाद/सञ्चार हुनुपर्यो। परिवार, साथीभाइ हँुदै सिनियरहरूसँग संवाद गर्ने संयन्त्र विकास गर्न सके राम्रो हुन्छ।
सञ्जीवः शब्द ठूलो कुरा होइन। अहिले एउटा अल्लारे युवा प्रधानमन्त्री भएर बेलैमा संविधानसभा चुनाव गराउन सकेको भए, अल्लारे शब्दको अर्थ नै अर्कै हुन्थ्यो। परिवर्तन नै गर्ने हो भने यसका लागि दक्षता चाहिन्छ र मिडियाको यसमा ठूलो भूमिका हुन्छ।
खगेन्द्रः म रंगकर्मी हँु। जागिर नहुँदा घरतिर धेरैले नाटकमा खेल्नेभन्दा पनि 'नाच्ने' प्राणीका रूपमा चिन्थे। अहिले बीबीसीमा काम गर्न थालेपछि तिनै मानिसहरूले 'राम्रो गरिछस्' भन्न थाले। त्यो तिनको दोष होइन, हामीले नै सङ्घर्षको समयलाई सही तरिकाले बुझाउन नसकेका हौँ।
पाँच वर्षपछिको युवा र देश

पूजा गुरूङ, टेलिभिजन कार्यक्रम प्रस्तोता। |
प्रदीपः जसले हाम्रो साधन स्रोतलाई सदुपयोग गरेको होस्। नयाँसोच र दृष्टिकोणसहितको युवा राजनीतिज्ञले समाज हाँकेको होस्। अहिले शिक्षामा भएको लगानी बालुवामा पानी हालेजस्तो छ। पाँच वर्षमा वास्तविक रूपमा शिक्षामा जनताको पहुँच हुन सकोस्। एउटा सामान्य मान्छेले चोकमा उभिएर आफ्ना कुरा राख्दा राज्यले सुन्ने संस्कृतिको विकास होस्।
कुन्दनः मुलुकको नीति–निर्माण गर्ने ठाउँहरूमा युवाको बाहुल्य हुनुपर्छ।
मानुषीः युवामा राष्ट्र हितमा काम गर्ने र बोल्ने नेता, इञ्जिनियर, शिक्षक आदि देखिनुपर्छ। कक्षाका शिक्षकहरूलाई प्रतिप्रश्न गरिरहेका, चुनौती दिइरहेका विद्यार्थी देखिनुपर्छ।
दिप्तीः धेरै प्रश्न गर्ने हामीहरू अब उत्तर दिने तहमा पनि पुग्नुपर्छ। निर्णायक तहमा युवाको प्रतिनिधित्व र सहभागिता हुनुपर्छ। सफल युवा उद्यमीहरू देखिनुपर्छ। युवाका मुद्दाहरू हेरिने उचित निकाय, संस्था बनिसक्नुपर्छ।
खगेन्द्रः अवसरको अभावले युवा विदेशिने चलन समाप्त भइसक्नुपर्छ।
विनोद लम्सालः हामी आफैँ बोल्ने हुनुपर्छ। हरेक क्षेत्रको नेतृत्व युवाहरूमा हुनुपर्छ। अरूले हामीलाई कतै डोर्याउने नभई हामी स्वयं परिचालित हुने अवस्थामा पुग्नुपर्छ।
विनोद दासः हरक्षेत्रमा युवाहरू 'रोल मोडल'का रूपमा देखिनुपर्छ। अभिभावकका रूपमा 'सिनियर' हरू बस्दा समस्या हुँदैन, तर युवा निर्णयको सम्मान र लागू गर्ने वातावरण बन्नुपर्छ। देशको नेतृत्व युवामै पुग्नुपर्छ।

सञ्जीव शर्मा, विद्यार्थी राजनीतिशास्त्र। |
सञ्जीवः स्थानीय स्रोत–साधनको पहिचान र परिचालन गर्ने युवा तयार हुनुपर्छ। त्यसोभए बेरोजगारी हट्छ।
रामहरिः माउन्टेन बाइकिङ, कायाक, र्याफ्िटङ, जङ्गल सफारी जस्ता मल्टी–स्पोटसर््मा नेपाली युवाहरू नेतृत्वदायी ठाउँमा पुग्नुपर्छ। राजनीतिमा युवाहरू अग्रस्थानमा पुग्नुपर्छ।
विजयः पाँचवर्षपछि टेलिभिजनमा मुख्य समाचार राजनीति नभई शिक्षा, स्वास्थ्यजस्ता सामाजिक विषय केन्द्रित भएको होस्। अहिलेको जस्तो नेता बोल्ने, दर्शकले सुन्ने परिपाटीको अन्त्य भई नेताले दर्शकदीर्घामा रहेका युवाहरूको कुरा सुन्ने अवस्था सिर्जना होस्। फलानाले यस्तो भन्नुभयो भन्दा पनि यस्तो गर्नुभयो भन्ने कुराहरू समाचार बनुन्।
पूजाः आफ्ना नानीहरूको प्रतिभालाई सम्मान र प्रोत्साहित गर्ने अभिभावक र समाज बन्न सक्नुपर्छ। यसले समाजको हरेक क्षेत्रमा प्रतिभाशाली व्यक्तिहरूलाई भित्र्याउँछ। युवाहरू पप सङ्गीत, राजनीतिदेखि आलुको भाउसम्मको जानकारीमा सचेत भइसकेका होउन्। राजनीति बुझ्नैपर्छ

खगेन्द्र लामिछाने, रङ्गकर्मी बीबीसी। |
मानुषीः युवाले राजनीति बुझ्नै पर्छ।
दिप्तीः सबै क्षेत्रका युवाहरूलाई समेट्दै अगाडि बढ्न सिक्नुपर्छ।
खगेन्द्रः पलायनवादी सोच भएका युवाहरूलाई देशमै सम्भावना खोज्नका लागि प्रोत्साहन गर्नुपर्छ।
विनोद लम्सालः मिडियामार्फत् युवाका मुद्दाहरू उठाउने र जनमानसमा पुर्याउने प्रयत्न गर्नुपर्छ। यसमा राज्यले अनुकूल वातावरण बनाउनुपर्छ।
विनोद दासः यसका लागि आफ्नो प्रणालीमा भएका व्यावहारिक पक्षलाई हेर्ने, बुझ्ने प्रयास गर्नुपर्छ। युवाहरूबीचको संवाद, संचारमा सहभागिता जरुरी छ। पछिका पुस्तालाई अगाडि आउने गरी प्रोत्साहन दिनुपर्छ। जुन गल्ती हामी भन्दा अगाडिका पुस्ताले गरे, तिनलाई दोहोर्याउनुहुँदैन।
सञ्जीवः आफ्नो पेशाप्रतिको इमानदारिता, प्रतिबद्धता र निरन्तरता देखाउन सक्नुपर्छ। सामाजिक परिवर्तनका लागि हासिल गरेको ज्ञानलाई विस्तार गर्न निरन्तर सङ्घर्षशील हुनुपर्छ। द्वन्द्वलाई व्यवस्थापन गर्दै सामुहिकतामा विश्वास गर्ने संस्कारको विकास गर्नुपर्छ।
रामहरिः म यही मुलुकमा बस्छु र काम गर्छु। किनभने युरोपलाई मेरो आवश्यकता छैन। मेरो आवश्यकता यहीँ छ। युरोप त विदामा घुम्न जाने नि!
विजयः अरूको कुरा धैर्यपूर्वक सुन्ने र गफ गर्न छाडेर पाएको जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्ने, सबैथोक बिग्रियो भन्ने भन्दा पनि त्यसलाई सपार्नतिर लाग्ने हो।
सञ्जीवः शिक्षाको अवसरबाट वञ्चित र सीमान्तकृत युवाका बारेमा राज्य र हामीले सोच्नुपर्छ।
पूजाः सकारात्मक सोच फैलाउने, सिकेको कुरा अरूलाई सिकाउने, समयको बडो ख्याल गरेर अगाडि बढ्ने र जे भन्छाँै त्यही गरेर देखाउने गर्नुपर्छ।हिमाल खबरपत्रिका

अमर श्रमजिवि >
नेपाल मा अहिले जातीयता र क्षेत्रीयताको नाम मा विभिन्न पार्टी , संघ संगठन हरुले चर्को विखण्डन को नारा लगाउदै आएका छन् त्यसै माथि कतिपयले आन्दोलन त कतिपय ले युद्द लडिरहेका छन् फुटाऊ र राज गर भन्ने विदेशी विस्तारवादी, साम्राज्यवादी नीतिलाई बढावा दिने नेपाली राजनेताहरुको कुवुद्दी को परिणामले सायद यस्तो दिन आएको हो जातीय र क्षत्रिय लडाई चरम चुलीमा पुग्यो भने सायद नेपाल र नेपाली को नाम निशान नामेटियला भन्न पनि सकिदैन यो सबै हुनुमा एमाओवादी ले अगाडी सारेको संघियताको परिणाम हो ! एकातिर भारत ले त्यसै पनि नेपाली भू-भागहरु माथि कव्जा जमाउदै आइरहेको छ जातीय लडाई लड्नु भनेको नेपाली जनताहरु अपसमा लड्नु हो हामी नेपाली जनता आपसमा लड्दा विदेशी हस्तक्षेप हुने निश्चित छ हुनु स्वाभाविक पनि हो त्यसमा पनि संविधान तोकियाको समयमा नबन्दा विदेशी शक्तिहरु नेपालमा विभिन्न नामबाट सक्रिय हुदै आइरहेका छन् यसो भयो भने राष्ट्र र राष्ट्रियता सखाप हुने तीव्र सम्भावना छ के हामी नेपालीहरु लाई यहि चाहियको हो त ? यसको विकल्प के त ? तसर्थ जातीयता र क्षेत्रीयता को नाम मा हुने हिंसा, युद्द , लडाई र भड्काव लाई रोक्न सवै नेपालीहरु र विशेष गरि नेपाली युवाहरु जाग्नु अनिवार्य छ ।